भक्तपुर । तपा डम्फो गणेश(हेल्मेट डाँडा) टोल समाज संस्थाद्वारा आयोजित बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा तपा डम्फो हेल्मेट डाँडाको सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
वडा नम्बर ७ बागेश्वरीमा अवस्थित तपाडम्फो हेल्मेट डाँडाको सरसफाई कार्यक्रममा विशेष आतिथ्यता वडाध्यक्ष श्याम श्रेष्ठले गरेका थिए । सरसफाई कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,नगरपालिकाका कर्मचारी र स्थानीय बासीको उत्साहजनक उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खत्रीले स्थानीय संघ संस्थाको अग्रसरतामा राखिएका सरसफाई कार्यक्रमले स्वच्छ नगरपालिका निर्माणमा सघाउ पुग्ने बताउदै आयोजकलाई धन्यवाद प्रकट गरे ।




