खेलकुद

सलाह लिभरपुलमै रहने

काठमाडौँ । लिभरपुलका फरवार्ड मोहमद सलाहले थप तीन वर्षका लागि क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । अब उनी २०२५ सम्म लिभरपुलमा रहने भएका छन् ।

सलाह २०१७ मा रोमाबाट लिभरपुल आएका थिए । सलाहले लिभरपुलका लागि २५४ खेल १५६ गोल गरेका छन् ।
सलाहले लिभरपुलका लागि च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप, फिफा क्लब विश्वकप र यूईएफए सुपर कप जितेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *