खेलकुद

अभ्यास खेलमा नेपालले क्यानडाको ओन्टारियो क्लबलाई हरायो

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको छ ।

किङ्ग सिटीमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२० रन बनाएको थियो ।
जितका लागि २२१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२ ओभर ५ बलमा १५१ रनमा अलआउट भयो । नेपालका विनोद भण्डारीले ५७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै आसिफ शेखले ४२ रन जोडे । बसिर अहमदले २४ रन जोडे । घरेलु टोलीका शील पटेलले ३ विकेट लिए ।

ओन्टारियोका रियाज खान पठानले सर्वाधिक ३६ रन जोडे । नेपालका पवन सरार्फले ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले, आरिफ शेख र किशोर महतोले समान २/२ विकेट लिए । नेपाल र क्यानडाबीच असार २० र २१ गते एक दिवसीय श्रृङ्खला हुनेछ ।

क्यानडामा दुई एक दिवसीयपछि नेपाली टोली स्कटल्यान्ड जानेछ । त्यहाँ नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिदेशीय एक दिवसीय श्रृङ्खला हुने छ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा असार २९ र साउन १ गते स्कटल्यान्डसँग खेल्ने छ । अङ्क तालिकामा नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र एक खेलमा बराबरीकासाथ १५ अङ्कसहित पाँचौँ स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *