खेलकुद

जोस बटलर बने ईङल्याण्डको ह्वाइट बल क्रिकेटको नयाँ कप्तान

काठमाडौँ । ईङल्याण्डले ह्वाइट बल क्रिकेटको नयाँ कप्तान जोस बटलरलाई बनाएको छ ।

इयोन मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि अब बटलरले ईङल्याण्डका लागि एकदिवसीय र टी-२० खेलको नेतृत्व गर्ने भएका छन् । अब बटलरको कप्तानीको शुरुवात जुलाई ७ बाट हुने भारतविरुद्धको टी-२० सिरिजबाट हुने भएको छ ।

आक्रामक ब्याट्सम्यानको रुपमा परिचय बनाएका ३१ बर्षिय बटलर अहिले टी-२० क्रिकेटमा विषयकै उत्कृष्ट ब्याट्सम्यान मानिन्छन ।

बटलरले देशको कप्तानी गर्ने अवसरलाई ठुलो सम्मानको रुपमा लिएको बताएका छन् ।

उनले अहिलेसम्म ईङल्याण्डका लागि ५७ टेस्ट, १५१ एकदिवसीय र ८८ टी-२० खेल खेलेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *