खेलकुद

फिफाले पाकिस्तानमाथिको प्रतिबन्ध हटायो

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लागेको प्रतिबन्ध हटाएको छ ।

फिफाले एक विज्ञप्ति निकालेर पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको हो । फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा एउटा कमिटी गठन गरिएको थियो । कमिटीले पीएफएफ पूणर्रुपमा आफ्नो मातहतमा ल्याएको कारण प्रतिबन्ध हटाइएको फिफाले जनाएको छ । तर फिफाले कमिटीलाई काममा बाधा गरिएमा फेरि प्रतिबन्ध गरिने चेतावनी समेत दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *