विश्व

नाइजेरियामा अचानक बसमा आगलागी हुँदा पाँचको मृत्यु, नौ जना घाइते

काठमाडौँ । नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा तीन राज्य जोड्ने लागोस-इबादान राजमार्गमा बुधबार बसमा अचानक आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दक्षिणी राज्य ओगुनमा रहेको फेडरल रोड सेफ्टी कोर्प्स (एफआरएससी) का कमाण्डर अहमद उमरले बताए अनुसार राजमार्गको ओगुन करिडोरको छेउमा रहेको ओगेरेमा आगलागी हुँदा सो दुर्घटना भएको हो । मृतक पाँच जनामा कोही जलेका छन् भने घाइतेहरू मध्ये केहीमा विभिन्न चोट पटक लागेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *