काठमाडौं । अविरल वर्षापछि आएको बाढीले झापामा एउटा पुल बगाएको छ । बाढीका कारण अर्को एउटा पुलमा क्षति पुगेको छ ।
झापाको भद्रपुर नगरपालिका–१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको सेती पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
वर्षाका कारण गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारीस्थित हुलाकी राजमार्गअन्तर्गत बनियानी खोलामा रहेको पक्की पुलको पश्चिमतर्फको मुखको एकातिर कालोपत्रभन्दा भित्रको आधा भाग खाल्डो परेको छ ।




