संखुवासभा। चैनपुर नगरलिका स्थित “लैगिक समता कायम गरौ”भन्ने मूल नाराका साथ सिद्धकाली महिला सशक्तिकरण समितिको दशौं साधारण सभा एवं छैटौ अधिवेशसन सम्पन्न भएको छ ।
अध्यक्ष हेमकुमारी चौहानको सभापतित्वमा सम्पन्न सो साधारण सभामा चैनपुर नगरपालिका नगर प्रमुख कृष्ण कुमार तामाङले महिलाको हक अधिकारको पूर्ण रुपमा सदुपयोग गर्द लक्षित वर्गसम्म सेवा प्रदान गर्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति संखुवासभाका उप प्रमुख वविता खत्री अधिकारीले आधा आकाश ढाक्ने नारीले पुरुषले जतिकै काम गर्न सक्छ भन्ने उदाहरण दिनुहुँदै अधिवेशनले अझ सशक्त रुपमा अघि बढ्न सक्ने समिति चयन होस भन्ने शुभकामना दिइन ।
संस्थाको सचिव नमिता काफ्लेले ३ लाख ५८ हजार १ सय ३२ रुपया आम्दानी मध्ये २ लाख ६७ हजार ४ सय ५८ खर्च भई ८० हजार ६ सय ७४ रुपैया मौजदात रहेको आर्थिक गतिविधि विवरण पेश गरिन ।

कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रकममा चैनपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष कालीबहादुर लिम्बूले नेपालको सविधान र कानुमा समेत आफ्नो हक अधिकारको विषयमा अध्ययन गरेर अझ अघि बढ्न सुझाव दिए । त्यसैगरी सञ्चारकर्मी पदम बहादुर अधिकारीले संस्थाले समाज रुपान्तरणमा थप सहयोग पु¥याएकोमा खुःशी व्यक्त गरे ।
नेपाली काँग्रेस जिल्ला कार्यसम्पादन सदस्य ज्ञानबहादुर कार्कीले महिला हक अधिकारको सदुपयोग गर्दै समाजमा रहेका विकृती विसँगती हटाउउँदै समाज विकासमा अघि बढ्न आग्रह गरे । यसैगरी कार्यक्रममा चैनपर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बलबहादुर अधिकारी, नेकपा एमाले पार्टी पार्टी प्रतिनिधि एवं चैनपुर नगरपालिका पूर्व नगरप्रमुख भरत कुमार खत्री शारदा मावि पोखरीका प्रअ अमृतबहादुर कार्की लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

संस्थाको बन्दसत्रले हेम कुमारी चौहानको अध्यक्षतामा १३ सदस्य समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा मनिसा दर्जी, सचिवमा नमिता काफ्ले अधिकारी, सहसचिवमा दीपा कार्की न्यौपाने,कोषाध्यक्षमा चन्द्रकला अधिकारी गौतम चयन भएका छन । यसै गरी समितिका सदस्यहरुमा बीना न्यौपाने कार्की,देवका कार्की अधिकारी,मेनुका लिम्बू,होम कुमारी अधिकारी,मूना कार्की, तुलसा सिंखडा, अनिशा भारती कार्की र रेविना सिवा पाँचकोटी सर्वसम्वत चयन भएको सचिव नमिता काफ्लेले जानकारी दिइन ।





