समाचार

दीपेन्द्रको वरियता यथावत्

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीको टी–२० अलराउण्डर वरीयता यथावत् रहेको छ ।

यसअघि दीपेन्द्र वरियताको नवौं स्थान थिए । यसपटक समेत सोही रहेको छ । यो दीपेन्द्रको हालसम्मकै उच्च वरियता हो । बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ४०औँ स्थानमा छन् । अविनास बोहरा ९३औँ स्थानमा झरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *