खेलकुद

सेरेना पहिलो चरणमै निराश

काठमाडौं । २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्स वेलायतमा जारी विम्बल्डनको पहिलो चरणमा पराजित हुँदै प्रतियोगितामा पूर्णविराम लगाएकी छिन् ।

हार्मोनी तानसँग पराजित भएसँगै सेरेना दोस्रो चरणमा पुग्न असफल भइन् । तानले सेरेनालाई हराउन तीन घण्टा ११ मिनेट खर्चनु पर्‍याे । तानले ७-५, १-६, ७-६ (१०-७०ं) को जित निकालिन् ।

तानले अब ३२औं वरीयताकी सारा सोरिबेस टोर्मोको सामना गर्नेछिन् । साराले क्रिस्टिना म्याकहेलमाथि ६-२,६-१ को जित निकालिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *