भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले मनोहरा खोलाको बहाबले जमिन कटान गरेको क्षेत्रको स्थलगत निरिक्षण गरेका छन । नगर प्रमुख खत्रीले वडा नम्बर १ को ब्यासी शिव मन्दिर पछाडीको क्षेत्रको स्थलगत निरिक्षण गरेका हुन । स्थलगत निरिक्षणका क्रममा मेयर खत्रीको साथमा वडा नम्बर १ का वडाध्यक्ष सिजन कार्की र स्थानीयबासीहरु समेत सहमागी थिए ।
वार्खा सुरुभएसँगै खोलामा पानीको बहाव बढेर खेतियोग्य जमिनको कटान गरी बस्तितर्फ खोलाको धार मोडिने खतरा बढेपछि स्थानीयबासी चिन्ता व्यक्त परिरहेकै बेला मेयर खत्री स्थलगत अनुगमनमा पुगेका हुन ।
नगर प्रमुख निर्वाचित भए लगत्तै विपद व्यवस्थापनको प्रभावकारी कार्ययोजना बनाई कार्यान्वयनमा ल्यायन निर्देशन दिएका खत्रीले विपद व्यवस्थापनमा नगरपालिकाले प्रभावकारी भूमिका खेल्ने बताए ।





