खेलकुद

आयरल्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

काठमाडौँ । भारतले आयरल्याण्डविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारतले आयरल्याण्डलाई ७ विकेटले पराजति गरेको हो ।

बर्षाले प्रभावित खेलमा १२-१२ ओभर खेलाइएको थियो ।

आयरल्याण्डले दिएको १०९ रनको लक्ष्य भारतले ९.२ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो ।

भारतका लागि दिपक हुडडाले ओपन गर्दै अविजित ४७ रन बनाए भने इशान किशनले २६ र हार्दिक पाण्डेयले २४ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै आयरल्याण्डले ह्यारी टकरको अविजित ६४ रनको मद्धतले १२ ओभरमा ४ विकेट गुमाउदै १०८ रन बनाएको थियो ।

यस खेलमा भारतका युवा तिब्र गतिका युवा बलर उमरान मालिकले अन्तर्राष्ट्रिय टी-२० डेभ्यु गरेका छन् । मालिकले आफ्नो क्यारियरको पहिलो बल १४८ किलोमिटर प्रति घण्टाको गतिमा फालेका थिए ।

यो जितपछि २ खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ ।

अब सिरिजको दोस्रो खेल मंगलबार हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *