काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक पनि अवरुद्ध गरेको छ । संघीय संसदमा सबैभन्दा लामो समय संसद अवरोध गर्ने दलको रेकर्ड बनाएको एमालेले कर्णाली प्रदेशसभाको आइतबारको बैठक अवरुद्ध गरेको हो ।
७ बुँदे सहमति बेगर सरकार चलेको भन्दै एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।
यसअघि पनि निरन्तर अवरोध गर्दै आएको एमालेसँग २०७८ माघ १८ गते सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा सरकारले ७ बुँदे सहमति गरेसँगै अवरोध हटाएको थियो ।
सम्झौतामा १७ लाख भन्दा तलका टुक्रे योजना कार्यान्वयन नगरिने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि संशोधन गरिनुपर्ने लगायतका कुराहरु उल्लेख छन् ।




