विश्व

बंगलादेशमा ६.१५ किलोमिटर लामो पुलको उद्घाटन

काठमाडौँ । बंगलादेशले राजधानी ढाका नजिकै पद्मा नामक महत्वपूर्ण पुलको शनिबार उद्घाटन गरेको छ । बंगलादेशमा दुई दशकअघि पद्मा पुलको योजना बनाइएको थियो।

बंगलादेशको सबैभन्दा ठूलो पुलले देशको दक्षिण-पश्चिम क्षेत्रका १९ जिल्लालाई राजधानी ढाका र देशका अन्य भागहरूसँग जोड्ने काम गर्नेछ।

यो पुलले कोलकाता र ढाका बीचको यात्राको समय पनि झण्डै आधा घटाउनेछ ।

पद्मा पुलको उद्घाटन गर्दै प्रधानमन्त्री शेख हसिनाले भनिन्- ‘यो पुल इट्टा, सिमेन्ट, फलाम र कंक्रीट मात्र होइन, यो पुल हाम्रो गौरव हो, हाम्रो क्षमता, बल र प्रतिष्ठाको प्रतीक हो।’

बंगलादेशले पद्मा नदीमा ६.१५ किलोमिटर लामो पुल निर्माणमा ३०१.९३ बंगलादेशी टाका खर्च गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *