विश्व

रूस-युक्रेन युद्ध : पोल्याण्ड पुग्ने युक्रेनी संख्यामा पुनः वृद्धि

काठमाडौँ । पोल्याण्ड छिर्ने युक्रेनीहरूको संख्या फेरि बढ्न थालेको पोल्याण्डको तथ्याङ्कले शुक्रबार देखाएको छ । पोल्याण्डका सीमा अधिकारीका अनुसार गत एक महिना लामो प्रवृत्ति उल्टिन थालेको छ । यो अवधिमा पोल्याण्ड पुग्ने युक्रेनी नागरिकको संख्या फर्किनेकोभन्दा पुनः बढी देखिन थालेको उनीहरूले बताए ।

पोलिस सीमा अधिकारीहरूका अनुसार दुई दिनदेखि औसतमा तीन हजारभन्दा बढी युक्रेनीहरू पोल्याण्डमा प्रवेश गरेका छन् । तथ्याङ्क अनुसार बिहीबार यूक्रेनबाट करिब २८ हजार युक्रेनी पोल्याण्ड प्रवेश गरेका थिए भने २४ हजार पोल्याण्डबाट यूक्रेन गएका थिए । बुधबार युक्रेन फर्किने संख्या २६ हजार ३०० रहेको थियो भने पोल्याण्ड जाने संख्या २३ हजार ५०० रहेको थियो ।

फेब्रुअरी २४ मा रूसले युक्रेनमा आक्रमण गरेपछि अत्यधिक युक्रेनीहरू यूरोपेली संघ (ईयू) सदस्य राष्ट्र पोल्याण्डमा बिस्थापित भएका थिए । सीमा सुरक्षा बलका प्रवक्ता अन्ना मिकाल्स्काले भने, ‘फेब्रुअरीमा रूस-युक्रेनबीचको पछिल्लो युद्धका कारण विगतमा प्रति दिन एक लाख ४० हजारसम्म युक्रेनी पोल्याण्ड प्रवेश गरेका थिए ।’ युद्ध चलिरहँदा मे महिनाको मध्यसम्ममा धेरै युक्रेनीहरू आगमनभन्दा पोल्याण्डतिर जाने क्रम बढी थियो तर पछिल्लो एक महिनामा यो प्रवाहमा सुस्तता देखिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *