समाचार

बैठकमा समयमै उपस्थित हुन मन्त्रीहरुलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका मन्त्रीहरुलाई राष्ट्रिय सभाको बैठकमा तोकिएकै समयमा उपस्थित हुन रुलिङ गरेका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरु संघीय संसदप्रति उत्तरदायी हुने संविधानले व्यवस्था गरेको उल्लेख गर्दै सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अगाडी बढाउनु र सदनमा उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीको जिम्मेवारी रहेको बताए ।

अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरुलाई राष्ट्रिय सभाको बैठकमा तोकिएको ठिक समयमा उपस्थित भई सदनमार्फत् जनताप्रति जवाफदेही बन्न रुलिङ गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *