राजनीति

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको ध्यानाकर्षण भएको मन्त्री बडूको दावी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउने संकेत भएको उल्लेख गरेका छन् ।

हाल वर्तमान समयमा पटक–पटक बढाइएको पेट्रोलीयम पदार्थको मुल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र आगामी दिनमा सोही अनुसार मुल्य समायोजन गर्न सकिने सरकारको संकेत भएको मन्त्री बडूले बताए ।

आज बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले विधुतको खपत बढाए पनि पेट्रोलिम पदार्थको मुल्य समायोजन गरेर सहज बनाउने सरकारको योजना रहेको उल्लेख गरे ।

‘पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको उनले बताए । पेट्रोलियम पर्दाथको समायोजनका लागि संसदमा उठेको कुरा नै सही हुने भएको उनको भनाइ छ । विधुतको खपत बढाउने र पेट्रोलियम पर्दाथको मुल्य घटाउने काम सरकारको प्राथमिकतामा रहेको समेत उनले बताए ।

विधुत खपत बढाएर पेट्रोलियम पदार्थको मुल्यलाई घटाउने कामलाई सरकारले म्ुख्य प्राथमिकतामा राखेको मन्त्री बडूले दावी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *