भक्तपुर। चाँगुनाराण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरबासीलाई निःशुल्क रगत(निःशुल्क रक्तसञ्चार सेवा) उपलब्ध गराउने घोषणा गरेका छन । चाँगुनाराण नगरपालिकाको नगरसभाको सुभारम्भ गर्दै नगर प्रमुख खत्रीले नगरबासीलाई निःशुल्क रगत ( निःशुल्क रक्तसञ्चार सेवा) उपलब्ध गराउने घोषणा गरेका हुन ।
मेयर खत्रीले निःशुल्क रगत (निःशुल्क रक्तसञ्चार सेवा) उपलब्ध गराउने घोषणा गरे लगत्तै चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुरबीच आजै ११ बुँदे सम्झौक्ता भएको छ ।
मानिसको जीवनको वरदान रगत निःशुल्क हुनपर्ने राष्ट्रव्यापी रुपमा बहस चलिरहका बखत नगर प्रमुख खत्रीले रक्तरञ्चार सेवा निःशुल्क बनाएका हुन । रगत किन्न नसकेर वा रगतको अभावमा समयमा उपचार नपाएर अकालमा नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था चागुनारायणमा आउन नदिने मेयर खत्रीले बताए ।
पदभार ग्रहण गरेको छोटो समयमा नै विकास निर्माण, शुसाशन, आर्थिक पारदर्शितमा ध्यन केन्द्रित गरेका खत्रीले जनजीविकाका विषय स्वास्थ्य, शिक्षा, रोजगारीलाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गर्दै आएका छन ।
यस्तो छ चाँगुनारायण नगरपालिकाका र नेपाल रेडक्रस सोसाइटी भक्तपुरबीच भएको ११ बुँदे सम्झौक्ता पत्र





