विश्व

बहुमत गुमाएका फ्रान्सका राष्ट्रपतिद्वारा विपक्षीसँग छलफल

पेरिस । संसद्मा बहुमत गुमाएका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले विपक्षीसँग छलफल थालेका छन् ।

संसदीय निर्वाचनपछि आफ्नो बहुमत गुमेपछि उत्पन्न राजनीतिक संकट समाधानका बारेमा उनले विपक्षीहरूसँग छलफल गरेका हुन्। उनले सोसलिस्ट र कम्युनिष्ट पार्टीका शीर्ष नेतालाई भेटेर राजनीतिक निकासका लागि विभिन्न प्रस्तावहरू राखेको जनाइएको छ ।

राष्ट्रपतिमा पुनः निर्वाचित भएको दुई महिनापछि उनले संसदमा बहुमत गुमाएका हुन्। अव देशको राजनीति नयाँ मोडमा जाने देखिएको छ । नवगठित वामपन्थी गठबन्धन सरकारले बहुमत प्राप्त गरेपछि फ्रान्सेली मतदाताहरूले दुई महिना अगाडि राष्ट्रपतिमा निर्वाचित राष्ट्रपति म्याक्रोनको पूर्ण बहुमत गुमेको हो ।

सोमबार बिहान घोषणा गरिएको नतिजाले फ्रान्सेली राजनीतिलाई उथलपुथल गरेको छ र कानून र अव्यवस्थित गठबन्धन बारे प्रश्न खडा भएको टिप्पणी हुन लागेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *