खेलकुद

श्रीलंकाले जित्यो एक दिवसीय क्रिकेट श्रृंखला

काठमाडौँ । अष्ट्रेलियासँगको एक दिवसीय क्रिकेट श्रृंखलामा श्रीलंकाले जित हात पारेको छ । पाँच खेलको श्रृंखला श्रीलंकाले एक खेल अगाबै जितेको हो ।

मंगलबार भएको चौंथो एक दिवसीय श्रृंखलामा श्रीलंका चार रनले विजयी भएसँगै श्रृंखला ३-१ ले जितेको हो । श्रीलंका घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियासँगको एक दिवसीय श्रृंखला जित्न सफल भएको छ । कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले अष्ट्रेलियालाई २ सय ५९ रनको मध्यम लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ५० ओभरमा २५४ रन बनाउँदा अलआउट भयो ।

अष्ट्रेलियाका डेभिड वार्नरले ९९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । श्रीलंकाका धनन्जय सिल्भा, जेफ्री र चामिका करुनारत्नेले २/२ विकेट लिए । श्रीलंकाले ४९ ओभरमा अलआउट हुँदै २५८ रन बनाएको थियो । उसका चारिथ असलन्काले ११० रनको शतकीय पारी खेले ।

त्यस्तै धनन्जय डी सिल्भाले ६० रनको अर्धशतकीय पारी खेले । अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु र पाट कुमिन्सले २/२ विकेट लिए । यसअघि भएको टी-ट्वान्टी श्रृङ्खला भने अष्ट्रेलियाले जितेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *