खेलकुद

इन्टर मिलानले लुकाकुलाई अनुबन्ध गर्ने

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई भित्र्याउने भएको छ । इन्टरले लुकाकुलाई इङलिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गर्ने निणर्य गरेको हो ।

लुकाकुलाई इन्टरले ८ मिलियन युरोमा लोनमा अनुबन्ध गर्न लागेको जनाएको छ । लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सीमा पुनः अनुबन्धित भएका थिए ।

लुकाकुले एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म उनले १ सय ६६ खेलमा ८७ गोल गरेका थिए । सन् २०१७ मा म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका लुकाकुले सो क्लवबाट ९६ खेल खेल्दै ४२ गोल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *