समाचार

सम्पत्ति शुद्धीकरण प्रकरणमा राहुलमाथि आज पनि सोधपुछ

नयाँ दिल्ली । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई प्रवर्तन निर्देशनालय (ईडी)ले आज पाँचौँ दिन पनि सोधपुछका लागि बोलाएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा राहुलमाथि चार दिनमा ४० घण्टासम्म सोधपुछ गरिएको छ ।

गत साता सोमबारदेखि बुधबारसम्म राहुललाई ३० घण्टाभन्दा बढी सोधपुछ गरिएको थियो ।

यसैबीच, कोभिडसम्बन्धी समस्याका कारण गत साता अस्पताल भर्ना भएकी कंग्रेस प्रमुख सोनिया गान्धी उपचारपछि सोमबार साँझ डिस्चार्ज भएकी छिन् । सम्पत्ति शुद्धीकरण मुद्दामा छोरा राहुलसँग उनलाई पनि बोलाइएको छ । अस्वस्थताका कारण जुन २३ सम्मको समय दिइएको छ ।

नेसनल हेराल्ड मामिलामा ईडीले राहुल र सोनियाको भूमिकाबारे अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *