समाचार

सिरियामा बस हमलामा १५ लडाकुको मृत्यु

एजेन्सी । दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ।

इस्लामिक स्टेट जिहादी सङ्गठन अझै सक्रिय रहेको राका प्रान्तमा भएको आक्रमण कसले गराएको हो भन्ने बारे तत्काल पुष्टि गर्न नसक्ने युद्ध अनुगमन समूहले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *