खेलकुद

म्यानचेस्टर सिटीले सार्वजनिक गर्‍याे हालान्डलाई

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले नर्वेजियन युवा स्ट्राइकर एर्लिङ हालान्डलाई सार्वजनिक गरेको छ ।

यसअघि नै सम्झौता नजिक रहेको बताएको सिटीले सोमबार औपचारिक सम्झौता गरेको छ । सम्झौताअनुसार सिटीसँग हालान्ड पाँच वर्ष रहनेछन् । 

२१ वर्षीय हालान्डलाई सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सन् २०२७ सम्मका लागि अनुबन्ध गरेको हो । हालान्डले डर्टमन्डका लागि ८९ खेलमा ८६ गोल गरेका छन् भने नर्वेका लागि २१ खेलमा २० गोल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *