समाचार

दश वटा जीवित कछुवाको बच्चा सहित दुई जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चा (आखेटोपहार) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आइतबार साँझ पक्राउ गरिएको हो । 

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् । 

कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा शंकाष्पद रुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवाको बच्चाहरू सहित फेला पारी पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूले प्रयोग गरेको बा.९९ प ४९४४ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद गरेको छ । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *