काठमाडौं । प्रदेश नम्बर एकको नामाकरण गर्न कांग्रेस र नेकपा एमाले सहमत भएका छन् ।
आजको प्रदेशसभा बैठकपछि एमाले सांसद हिक्मतकुमार कार्की र काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाबीच नामाकरणका बारेमा छलफल भएको थियो।
छलफलका क्रममा जारी बजेट अधिवेशनबाट नामको टुङ्गो लगाउन सहमत भएको बताइएको छ ।




