कोशी प्रदेश

इन्टरनेटको पहुँचले कतिपय सूचनामा पत्रकार भन्दा नागरिक अघि : महानिर्देशक हमाल

संखुवासभा। इन्टरनेटको सुविधा नागरिकले पाए सँगै पत्रकारहरु भन्दा नागरिक अघि बढिरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालले बताए ।


खाँदवारीमा सञ्चालित दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता वृद्धि तालिम उद्दघाटनको अवसरमा महानिर्देशक हमालले यस्तो बताएका हुन । इन्टरनेटको पहुँचसँगै पत्रकार भन्दा नागरिक अघि बढेसँगै सकारात्मक तथा नकारात्मक सन्देस सामाजिक सञ्जालको माध्यमबाट फैलनेहुँदा समाजमा ठूलो खैलावैला हुने गरेकोले यसलाई हटाउन पत्रकार सक्रिय रहनुपर्ने समेत निर्देशक हमालले बताए । महानिर्देशक हमालले पत्रकारहरुले जति योगदान देशका लागि गरिरहेको छ, राज्यले सहि समयमा सहि सम्बोधन गर्नुपछ भने सूचना तथा प्रसारण विभागले १२ वर्ष देखि घुम्ती शिविर सञ्चालन गर्दै आएकोमा संखुवासभा जिल्लामा यो दोस्रो पटक रहेको समते महानिर्देशक हमालले बताए ।


कार्यक्रमका सभापति एव पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाका सभापति इन्द्र गिरीले जिल्लामा ४ वटा साप्ताहिक पत्रिका, ९ वटा एफ एम रेडियो, १ अनलाइन पत्रिका सञ्चालित रहेको बताउदै जिल्ला स्थित रहेका सबैखाले पत्रकार सञ्चारकर्मीहरुका लागि यो क्षमता अभिवृद्धि तालिमले थप उर्जा प्रदान गर्ने साथै सूचना तथा प्रसारण विभागले सञ्चालन गरेको यो घुम्ती शिविरले प्रेश पास, नविकरण, अनलाइन दर्ता लगायतको सेवा प्राप्त गर्ने अवसर मिलेकोले सबैलाई सेवा लिन आग्रह गरे ।

जिल्ला स्थित पत्रकारहरु, घुम्ती शिविरको टोली सहितको उपस्थिति रहेका कार्यक्रममा आज शनिवारबाट तीन दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण सूचना तथा प्रसारण विभागका शाखा अधिकृत डा. विजय प्रसाद मिश्रले गर्नुहुने समेत सभापति गिरीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *