नुवाकोट । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका ७ नं वडा कार्यालयको आयोजनामा ज्येष्ठ २८ गतेबाट हुन लागेको WARD CUP 2079 फुटबल प्रतियोगितामा सहभागी हुने वडा नंं १३ का खेलाडीहरुका लागि समाजसेवी अक्कल बहादुर ढुँगाना (श्याम)ले जर्सी बल र जुत्ता किन्नको लागि ५० हजार सहयोग गर्नुभएको छ ।
युवा व्यवसायी तथा नेपाली कांग्रेस बेलकोटगढी काठमाडौं सम्पर्क समितिका सभापति ढुंगाना वडा नं. १३ कै बासिन्दा हुनुहुन्छ । प्रतियोगितामा १३ वटै वडाका खेलाडीहरुको सहभागीता रहने छ ।





