खेलकुद

वेल्समाथि नेदरल्यान्ड विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग समूह ए४ को खेलमा नेदरल्यान्डले वेल्सलाई २-१ अन्तरले पराजित गरेको छ ।

बुधबार राति वेल्सको कार्डिफमा भएको खेलमा नेदरल्यान्डलाई जिताउन टेउन कुपमेनर्स र ओउट वेघोर्ष्टले समान एक एक गोल गरे । वेल्सका डेभिसले सान्त्वना गोल गरे ।

जितसँगै समूहमा नेदल्यान्ड दोस्रो जितसँगै ६ अंक बनाएर शीर्षस्थानमा छ । पराजित वेल्स दुई खेलबाट विना अंक पुछारमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *