खेलकुद

इङल्याण्ड र जर्मनीको खेल बराबरीमा रोकियो

काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा जर्मनी र इङल्याण्डको खेल १-१ गोलको बराबरीमा रोकिएको छ ।

मंगलबारको खेलको ५० औं मिनेटमा जोनास हपम्यानले गोल गर्दै जर्मनीलाई १-० गोलको अग्रता लिएको थियो । तर, खेलको ८८ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै खेल बराबरीमा ल्याएका थिए ।

यससँगै जर्मनी र इङल्याण्डले अंक बाँडेका हुन् । समूह सीको अर्को खेलमा इटालीले हंगेरीमाथि २-० गोल अन्तरको जित हात पार्‍यो । यससँगै इटाली समूहमा ४ अंकसहित शीर्ष स्थानमा छ । जर्मनीले २ अंक हात पारेको छ भने इङल्याण्डले १ अंक मात्र जोडेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *