खेलकुद

वेल्स ६४ वर्षपछि विश्वकपमा

काठमाडौंं । प्लेअफमा युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि पहिलो पटक विश्वकपमा छनोट भएको छ । कार्डिफमा भएको खेलमा वेल्स १-० गोलले विजयी भएको हो । कप्तान गेराथ बेलको फ्रिकिक डिफ्लेक्ट हुँदै युक्रेनको पोष्टमा छिरेको थियो ।

योसँगै वेल्स कतारमा हुने विश्वकपको समूह बीमा परेको छ । सो समूहमा अमेरिका, इरान र इंग्ल्याण्ड रहेको छ । वेल्स पछिल्लो पटक सन् १९५८ मा विश्वकपमा छनोट भएको थियो । सन् १९५८ पछि वेल्सले विश्वकपमा छनोट हुने मौका नपाएको हैन । सन् १९७७, १९८५ देखि १९९३ सम्म वेल्स विश्वकप छनोट नजिक पुगेर पनि अन्तिम चुनौतीमा असफल भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *