खेलकुद

नेदरल्यान्डसँग बेल्जियमकाे लज्जास्पद हार

काठमाडौं । बेल्जियमलाई ४-१ अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले यूइएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डमा विजयी सुरुवात गरेको छ ।

शुक्रबार राति ब्रसेल्समा डच टोलीको जितमा क्याटलान क्लब बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गरे ।

घरेलु टोलीका मिचे बात्सुयाईले सान्त्वना गोल गरे । जितसँगै नेदरल्यान्डले सुरुआती ३ अंक जोडेको छ । बेल्जियम पुछारमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *