समाचार

प्लानिङ ब्वाईज १२ वर्षपछि बी डिभिजनमा

काठमाडौं । यसअघि एक खेल अघिनै झापा फुटबल क्लब विजेताको रुपमा बढुवा भएको थियो । झापाले आज अन्तिम खेलमा स्वयम्भू क्लबको सामना गर्दैछ ।

अन्तिम खेलमा प्लानिङको जितमा फागुराम थारुले ह्याट्रिक गरे । यस्तै, अर्जुनकुमार राना र ओमप्रकाश चौधरीले एक एक गोल गरे ।

सन् २०१० बाट सी डिभिजनमा लिग खेल्न थालेको प्लानिङ १२ वर्षपछि बी डिभिजनमा बढुवा भएको हो । 

क्लबका अध्यक्ष दावा लामाले १२ वर्षपछि क्लब बी डिभिजन लिगमा बढुवा भएकोमा खुसी हुँदै अवको लक्ष्य शीर्ष डिभिजन लिग भएको बताए ।

‘‘बी डिभिजन लिगमा बढुवा हुँदा निकै खुसी छु । हामीलाई सहयोग गर्ने सहयोगी दाता, खेलाडी र अफिसियल सबैलाई धन्यवाद । अब, हाम्रो लक्ष्य शीर्ष डिभिजनमा पुग्ने हो । त्यसैको लागि आगामी सिजन तयारी गछौं ,’ एन्फा केन्द्रीय सदस्य समेत रहेका दावाले न्युज कारखानालाई भने ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *