काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगल र स्पेन बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा स्पेन र पोर्चुगल १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
खेलमा स्पेनका लागि अल्भारो मोराटाले गोल गरेका थिए । मोराटाले खेलको २५औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएका थिए ।
त्यसपछि पोर्चुगलले खेलको ८२औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो । पोर्चुगलका लागि रिकार्डो होर्ताले गोल गरेका थिए ।
नेसन्स लिग अन्तर्गत अब पोर्चुगलले जुन ६ मा स्वीट्जरल्याण्डविरुद्ध खेल्दै छ भने जुन १० मा चेक रिपब्लिकविरुद्ध खेल्दै छ ।
त्यस्तै स्पेनले भने जुन ६ मा चेक रिपब्लिक र जुन १० मा स्वीट्जरल्याण्डविरुद्ध खेल्दै छ ।




