विश्व

चेक गणतन्त्रको हेरचाह गृहमा आगलागी हुँदा २ जनाको मृत्यु, ५० घाइते

प्राग । प्राग नजिकैको अल्जाइमर रोगीहरूको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनाका साथै ५० भन्दाबढी घाइते भएको आपतकालीन सेवाहरूले बिहीबार उल्लेख गरेका छन् ।

क्षेत्रीय आपतकालीन सेवाले ट्विटरमा उल्लेख गरेअनुसार उक्त घटनामा अग्निनियन्त्रकहरूले दुई व्यक्तिलाई मृत अवस्थामा फेला पारेका थिए भने अन्य ५० भन्दाबढी घाइते थिए ।

बुधबार आगलागी भएको उक्त क्षेत्रमा बिहीबार बिहानसम्म पनि दमकलहरू परिचालित थिए ।

आगो निभाउन र घरमा रहेका मान्छेलाई बाहिर निकाल्न करिब १०० अग्नि नियन्त्रक खटाइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *