संखुवासभा । चैनपुर नगरपालिका वडा नं. १ स्थित नुनढाकीको विहिवारे नजिकै सडक निर्माणको क्रममा सुख्खापहिरो जादा २ जनाको श्रमिकको मृत्यु भएको छ ।
निर्माणधिन चैनपुर नुनढाकी भित्री सडक खण्डमा सडकको भित्तामा तारजाली पर्खाल लगाउने क्रममा अन्दाजी २० मिटर माथिबाट अचनाक सुख्खा पहिरो जादा दुई जना कामदारको ज्यानगएको हो ।
विहान करिव ११ बजेको समयमा पहिरोले पुरिदा जिल्ला सुनसरी, धरान उपमहानगरपालिका बस्ने वर्ष ३५ को रामकुमार राई , उदयपुरको चैदण्डीगढी नगरपालिका वडा न ६ वेलटार वस्ने वर्ष २० का हेमबहादुर मगरको घटना स्थलमै ज्यानगएको जिल्लाप्रहरी कार्यालय संखुवासभाका मिडिया समन्वय अधिकृत सरोज खनालले जानकारी दिए ।
घटनास्थलमा तत्कालप्रहरी चौकी नुनढाकी र इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाबाट प्रहरी निरीक्षक सहितको टोली खटि घटनास्थल पुगेको समेत प्रहरी स्रोतले जनाएको छ ।




