विश्व

भारतमा एक दिनमा २ हजार ७ सय ४५ कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारत मङ्गलबार दुई हजार ७४५ कोरोनाका नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
सोमबार दुई हजार ३३८ लाई कोरोना सङ्क्रमण भएको थियो ।

सोमबार तुलनामा मङ्गलबार कोरोना सङ्क्रमितको संख्यामा बढेको छ, अर्थात ४०७ जना कोरोना सङ्क्रमित बढेका मन्त्रालयले थप जानकारी दिएको छ ।

हाल यहाँ १८ हजार ३८६ सक्रिय सङ्क्रमित रहेका छन् । यद्यपी हिजो सार्वजनिक भएको समाचारअनुसार १७ हजार ८८३ सक्रिय सङ्क्रमित रहेका थिए। यो संख्या कुल सङ्क्रमितको ०.०४ प्रतिशत हो ।

मङ्गलबार मध्यरातीसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ३३६ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाको संख्या कुल चार करोड २६ लाख १७ हजार ८१० पुगेको छ ।

अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा छको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुने कुल मृतकको संख्या पाँच लाख २४ हजार ६३६ पुगेको छ ।

भारतले मङ्गलबार १० लाख ९१ हजार ११० को कोरोना भाइरस सङ्क्रमणको परीक्षण भएको थियो । भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड आठ लाख परीक्षण भएको छ ।

भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५७ लाख २० हजार ८०७ डोज खोप लगाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *