समाचार

१२ वर्षीया बालिका माथी यौन दुर्व्यवहार

काठमाडौं । बर्दियामा एक १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको छ । 

ती बालिकालाई यौन दुर्व्वहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार पक्राउ गरेको छ । 

थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *