समाचार

हाल्यान्डपछि सिटीको चाहना अर्जेन्टिनी अल्भारेज

काठमाडौं । इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीका अध्यक्ष खाल्दुन अल मुबारकले अर्जेन्टिनी स्टार खेलाडी जुलियन अल्भारेज भित्र्याउने इच्छा प्रकट गरेका छन् । 

यसै समरमा नर्वेजियन स्टार एर्लिङ हाल्यान्ड भित्राउने घोषणा गरिसकेको सिटीले २२ वर्षे अर्जेन्टिनी फरवार्डसमेत झिकाउने तयारी गरेको हो । 

सिटीले यसै महिना एस्टन भिल्लालाई नाटकीय खेलमा ३-२ अन्तरले पराजित गर्दै पछिल्लो ६ वर्षमा चौथोपटक प्रिमियर लिगको उपाधि जितेको थियो । 

हाल्यान्डलाई अनुबन्ध गर्ने घोषणा गरिसकेको सिटीले सोमबार रिभर प्लेटका अर्जेन्टिनी खेलाडी जुलियन अल्भारेजलाई पनि अनुबन्ध गर्ने जनाएको हो । दुई वर्ष बोरुसिया डर्टमन्डबाट खेलेका हाल्यान्डले जर्मन क्लबबाट ८९ खेलमा ८६ गोल गरेका छन् ।

अर्जेन्टिनी क्लब रिभर प्लेटसँग अनुबन्धमा रहेका अल्भारेजलाई अर्का पूर्वस्टार सर्जियो अग्युइरोको विकल्पको रूपमा पनि सिटीले हेरेको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *