विश्व

बरेलीमा एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित बरेलीमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ।

भारतीय समाचार एजेन्सी एनएनआईका अनुसार दिल्लीबाट बिरामी लिएर पिलिभित जाँदै गरेको एम्बुलेन्स सडकको डिभाइडरमा ठोक्किएर एउटा मिनी ट्रकमा घुसेको थियो।

दुर्घटनामा बिरामीको समेत मृत्यु भएको छ। घटना फतेहगंज पश्चिमको दिल्ली–बरेली हाइवेमा भएको जनाइएको छ। मृत्यु हुनेमा पिलिभित क्षेत्रकै रहेका छन्। एम्बुलेन्स चालक निदाएका कारण दुर्घटना भएको भारतीय अधिकारीहरूको अनुमान छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *