समाचार

सी डिभिजन लिग: प्लानिङ शीर्षस्थानमा

काठमाडौं । समाज कल्याण खेलकुद केन्द्रलाई ४-० अन्तरले हराउँदै प्लानिङ ब्वाइज युनाइटेड सोमबार सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा जितसङै समान २८ अंक भए पनि प्लानिङले एक खेल कम खेलेको  झापा एफसीलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा रहेको हो । प्लानिङको जितमा फागुराम थारु, प्रताप सिंह र अर्जुन रानाले गोल गरे । समाज कल्याणका विपीन पराजुलीले आत्मघाती गोल गरे । 

जितसँगै प्लानिङले १२ खेलमा २८ अंक जोडेको छ । समाज कल्याण १५ अंक जोडेर सातौं स्थानमा  छ । एक खेल बाँकी रहँदा शीर्षस्थानको प्लानिङलाई दोस्रो डिभिजनमा उक्लन तीन अंकको खाचो छ । यदि अन्तिम खेलको हारले भने आरसी ३२ को सम्भावना उच्च छ । 

झापाले भने दुई खेलबाट एक अंक हासिल गरे बी डिभिजनमा बढुवा हुनेछ  ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *