कोशी प्रदेश

महिला सशक्तिकरणका लागि चैनपुरमा लेखा व्यवस्थापन तालिम

संखुवासभा । सिद्धकाली महिला सशक्तिकरण समिति चैनपुर, सखुवासभाद्वारा आयोजित दुई दिवसीय लेखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । सिद्धकाली महिला सशक्तिकरण समिति चैनपुरको आयोजनामा लेखा व्यवस्थापन तालिम सञ्चालन भएको हो ।
चैनपुर नगरपालिका ६ स्थित रेडक्रस भवनमा भएको सो कार्यक्रम उद्घाटनको अवसरमा चुनावको वेला दलविशेषबाट उमेदवारी भए पनि निर्वाचित भए सँगै जनप्रतिनिधि भएर जनतासँगै काम गर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख तामाङले बताए ।
कार्यक्रममा नगर प्रमुख तामाङले नगरका महिला दिदिबहिनीहरुलाई वित्तिय लेखा सम्बन्धी तालिम दिएर आ–आफ्ना वडामा अवस्थित आमा समूह तथा महिला समुहरुमा दोहोरो लेखा विधिबाट संस्थाको हिसाव किताव चुस्त दुरुस्त राख्ने सीपको विकास हुने बताए ।
गत शनिवार कार्यक्रममा चैनपुर नगर उप प्रमुख एलिना श्रेष्ठले महिला दिदीबहिनीहरुको अधिकार र शसक्तिकरणको क्षेत्रमा प्रतिवद्ध भएर स्थानीय सरकार लाग्ने बताइन । चैनपुर नगरपालिका वडा नं.१ का बुद्धिमान लिम्बू, वडा नं. ११ का तीर्थ राउत लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए ।
११ वटै वडाका आमा समुहरुका २ जना महिला दिदीबहिनीहरु सहभागिता जनएको २ दिने तालिममा चैनपुर नगरपालिकाका लेखापाल दिपेन्द्र चौलागाईले सहजीकरण गरेको आयोजक संस्थाका सचिव नमिता काफ्लेले बताइन । तालिममा अयोजक संस्थाका अध्यक्ष एवं कार्यक्रमको सभापति हेमकुमारी चौहानले नव निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा ११ वटै वडाध्यक्षरुको कार्यकालको सफलताको शुभकामना सहित सम्मान समेत गरेकी थिइन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *