काठमाडौं । सरकारले सबै प्रकारका सुर्तीजन्य वस्तुमा कर बढाएको छ ।
आगामी आर्थिक वर्षको बजेटबाट आयातित र उत्पादित बिँडी, चुरोट, सिगार, सुर्ती, खैनी, गुट्खा, पान मसला लगायतका वस्तुको कर बढाएको हो ।
बिँडीमा प्रति खिल्ली तीस पैसा, चुरोट र सिगारमा प्रति खिल्ली साठी पैसा र तयारी खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रति किलो साठी रुपैयाँका दरले कर बढाइएको हो ।




