विश्व

इन्डोनेसियामा डुङ्गा दुर्घटना, २६ जना बेपत्ता

काठमाडौँ । इन्डोनेसियाको सुलावेसी टापुको मकासर स्ट्रेटमा डुङ्गा डुब्दा २६ जना बेपत्ता भएका छन् । डुङ्गामा ४३ जना सवार थिए । जसमध्ये १७ जनाको उद्धार गरिएको छ ।

डुङ्गा बिहीबार मकासर बन्दरगाहबाट निस्किए पनि गन्तव्यमा पुग्न सकेको थिएन । समाचार एजेन्सी एएफपीका अनुसार स्थानीय अधिकारीहरूले खराब मौसमका कारण दुर्घटनामा परेको हुनसक्ने आशंका गरेका छन् ।

बैंकक पोष्टका अनुसार टग बोटबाट १७ यात्रुको उद्धार गरिएको थियो । उनीहरुलाई दक्षिण सुलावेसीको साउथ कालिमन्तन र जेनेपोन्टो लगिएको छ ।

इन्डोनेसियाको समुन्द्रमा यस्ता डुङ्गा दुर्घटना बारम्बार हुने गरेको छ । इन्डोनेसियामा हजारौं टापुहरू छन् तर डुङ्गा र फेरीहरूमा सुरक्षा व्यवस्था एकदमै कमजोर रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *