समाचार

नगरबासीका माग र समस्यालाई प्राथमिकीकरण गरेर योजनावद्ध रुपमा अघि बढ्छु : मेयर खत्री

भक्तपुर।चागुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले निश्वार्थ रुपमा विना लोभलालचका साथ नगरबासीको हितमा काम गर्ने बताएका छन । शनिबार विहान फूलवारी टोल सुधार समिति तथा सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले संयुक्त रुपमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा नगर प्रमुख खत्रीले विकासलाई नागरिकसँग जोडेर अघि बढ्ने बताएका हुन ।

नगरबासीका माग र समस्यालाई प्राथमिकीकरण गरेर योजनावद्ध रुपमा आफू अघि बढ्नेछु नगर प्रमुख खत्रीले भने ‘हाम्रो नगरपालिका राम्रो नगरपालिका’को नारा साकार बनाउन आफू सधै अडिक रहन्छु । नगरबासीहरुको सल्लाह सुझाव,नियमित सम्पर्क र मार्गदर्शनभित्र रहेर आफू अघि बढ्ने भरोसा दिलाए । नगर प्रमुख खत्रीले नगरपालिकाका सम्पूर्ण गतिविधिको जानकारी नागरिकलाई दिइने विश्वास दिलाए । नगरपालिकाको विकास र संमृद्धिमा एकतावद्ध भएर अघिबढ्न उनले आह्वान गरे ।

भक्तपुरकै शाक्षरता कम भएको चागुनारायण नगरपालिकालाई शाक्षरता वृद्धि गरी जिल्लकै नमुना पालिका बनाउने विश्वास पनि उनले दिलाए । वडा कार्यालय, टोल समिति, स्थानीय संघ संस्था, महिला समुह, आम समुह, क्लवमार्फत विकास निर्माण र सचेतनाका कार्यक्रम अघि बढाइने उनले बताए । उत्कृष्ट चागुनारायण नगरपालिका निर्माण गर्न सम्पूर्ण सम्यन्त्र परिचान गरिने विश्वास नगर प्रमुख खत्रीले दिलाए ।


टोलबासीहरुको उत्साहजनक उपस्थितिमा फूलवारी टोल सुधार समिति तथा सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देबीप्रसाद आचार्यको सभापतित्वमा सञ्चालित कार्यक्रममा चागुनारायण २ का वडाध्यक्ष सोम प्रधान, निवर्तमान वडाध्यक्ष शिवहरी केसी, नवनिर्वाचित वडासदस्यहरुको उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *