विश्व

भारतको लद्दाखमा बस दुर्घटना : सात भारतीय सैनिकको मृत्यु, १९ घाइते

नयाँदिल्ली । भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात भारतीय सैनिकको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।

लद्दाखको परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बोकेर सब सेक्टर हनिफ गइरहेको बस श्योक नदीमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बस सडकबाट करिब ६० फिट तल पुगेको थियो । दुर्घटनामा परी घाइते भएकाहरुको पंचकुला जिल्लामा पर्ने चन्डीमन्दिरमा रहेको आर्मी कमाण्ड अस्पतालमा उपचार भइरहेको आजतकले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *