विश्व

युक्रेनका राष्ट्रपति र फिनल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनबीच भेटवार्ता भएको छ । युक्रेन भ्रमणमा रहेकी मारिनले जेलेन्स्कीलाई युक्रेनको राजधानी कीभमा विहीबार भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा उनीहरुले युरोपेली मुलुकहरूको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल गरेका थिए । राष्ट्रपति जेलेन्स्कीको सचिवालयले दिएको जानकारीअनुसार उनीहरूले युद्धपछि युक्रेनलाई चाहिएको सहयोग, त्यसका लागि आवश्यक कामका बारेमा कुराकानी गरेका थिए ।

सो अवसरमा आर्थिक, सुरक्षा र मानवीयतासम्बन्धी सहयोग उपलब्ध गराएकोमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले फिनल्याण्डका प्रधानमन्त्रीलाई धन्यवाद पनि दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *