समाचार

एन्फा अध्यक्ष शेर्पाले आफ्नो चरित्र हत्या गरेको भन्दै गणेश थापाले दिए उजुरी

काठमाडौं । अखिल नेपाल फुटलब संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलाई वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाविरुद्ध आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएका छन् । 

बिहीबार थापाले राखेप सदस्य सचिवलाई कार्यलयमै भेटेर उजुरी बुझाएका हुन् ।  आफूविरुद्ध विभिन्न आरोप लगाएर भ्रम सृजना गरेको भन्दै थापाले उजुरी दिएका हुन् । 

थापाले आफूविरुद्ध लगाइएको झुटा र काल्पनिक आरोपहरूको विषयमा छानबिन हुनुपर्ने र सत्य तथ्य बाहिर सार्वजनिक गर्नुपर्ने बताएका छन् । 

यसअघि थापाले ललितपुरको एक रेष्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै शेर्पाले आफूलाई लगाएको १४ आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका थिए । 

त्यसलगत्तै फिफाले थापालाई चेतावनी पत्र पठाएको एन्फाले बताएको थियो । तर, थापाले भने आफूलाई चेतावनी पत्र नआएको बताउँदै आएका छन् ।

[pdfjs-viewer attachment_id=230071 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/05/20220526-Press-Release-Ganesh-Thapa.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/05/20220526-Press-Release-Ganesh-Thapa.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *