काठमाडौं । एलेक्स मोलकानलाई हराउँदै विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा बुधबार राति स्लोभाकियाका एलेक्स मोलकानलाई हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् । उनले मोलकानलाई ६-२ ६-३ ७-६ (७-४)ले पराजित गरे । जोकोभिच २० पटकको ग्रान्डस्लाम विजेता हुन् ।
यस्तै, जर्मनीका एलेक्सजेन्डर ज्वेरभले पनि तेस्रो चरणमा स्थान बनाएका छन् । उनले अर्जेन्टिनाका सेबास्टियन बेजलाई २-६,४-६,६-१,६-२ र ७-५ को सेटमा पराजित गरे ।




