समाचार

मताधिकारको सुनिश्चितता गर्न जनसम्पर्क समितिले गरायाे प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

काठमाडौं । विश्वभार छरिएर रहेका नेपाली जनसम्पर्क समितिका सभापतिहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन । प्रदेश र संघको निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई मतदान गर्न पाउने अधिकारको सुनिश्चितताको माग राख्दै विश्वभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिमाले प्रधानमन्त्री देउवाको ध्यानकर्षण गराएका हुन ।

जनसम्पर्क समितिले प्रधानमन्त्री देउवालाई गराएको ध्यानकर्षण पत्रमा भनिएको छ ‘विश्वका हरेक देशमा छरिएर रहेका सबै नेपालीहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न पाउने नैसर्गिक अधिकारलाई नेपाली काँग्रेसको सरकार भएको पालामा कार्यान्वयन भईसकेको र उक्त विषयलाई तत्काल लागू गर्न सम्माननीय सर्वोच्च अदालतबाट पनि आदेश भएको कुरा सम्माननीय प्रधानमन्त्रीज्युलाई अवगत नै छ । आउँदै गरेको प्रदेश र संघको निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई मतदान गर्न पाउने वातावरण सृजना गरिदिनुहुनको लागि हामी विश्वभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिमार्फत सम्माननीय प्रधानमन्त्री ज्यूलाई हार्दिक अपिल गर्दछौ’।
ध्यानकर्ष पत्र हस्तान्तरणमा नेपाली जनसम्पर्क समिति अमेरिका सभापति आनन्द विष्ट, नेपाली जनसम्पर्क समिति युएइका सभापति भुवनी प्र. तिमिल्सिना, नेपाली जनसम्पर्क समिति साउदी अरबका अध्यक्ष तुसङ ब. थापा (अर्जुन), नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनी, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका निवर्तमान सभापति आश्थाविन्दु मल्ल, नेपाली जनसम्पर्क समिति साउदी अरबका निवर्तमान उपसभापति नमराज लामिछाने,नेपाली जनसमम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डेको उपस्थिति थियो ।

ध्यानकर्षण पत्र जस्ताको तस्तै :

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *